श्रममन्त्री भण्डारीद्वारा आइएलओको सहयोगप्रति आभार

काठमाडौँ, ४ साउन – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को नेपाल निर्देशक नुमान ओज्कानले आज शिष्टाचार भेट गर्नुभएको छ ।

श्रम मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरुबीच श्रम आप्रवासनका विविध विषयमा विचार विमर्श भएको थियो ।

सो क्रममा श्रम मन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा, बालश्रम निवारण तथा मर्यादित कामका क्षेत्रमा आइएलओले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा आइएलओका नेपाल निर्देशक ओज्कानले नेपाल आइएलओको ‘गभर्निङ बडी’मा निर्वाचित भएकामा बधाई दिनुभएको थियो ।