images

आगामी निर्वाचनमा माओवादीलाई नलिने सर्तमा नयाँ गठबन्धन बनेको ईश्वर पोखरेलको खुलासा

दोहा कतार– नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीको साथ नलिने सर्तमा कांग्रेस एमाले सरकार बनेको बताएका छन्।

शुक्रबार दोहामा भएको प्रवासी मञ्चको सातौ अधिवेशनलाई संबोधन गर्दै पोखरेलले त्यस्तो खुलासा गरेका हुन। प्रचण्डले चुलबुल गर्दा हुँदा खाँदाको सरकार ढलेको बताएका छन्।

नेता पोखरेलले प्रचण्डकै व्यइमानीले बाम सरकार ढलेको बताए। उनले भने ‘भन्न बाम भन्ने काम के गर्ने के गर्नेलाई कसरी बाम सरकार गिरेको हो।

पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यावस्थित गर्ने भन्ने चुनौती अहिलेको आवश्यकता रहेको बताए। उनले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने बताए।

पोखरेलले राजनीतिक स्थायीत्वको लागी कांग्रेस एमाले सरकार बनेको बताए। यो देशमा हुँदा हुँदा २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको बताए।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उमाशंकर अगरियाले मधेसका पार्टी विगतदेखी आफै पद लोलुपताले फुटेको बताए।

अव नेपालमा सानो पार्टीको काम छैन। देशलाई समृद्ध बनाउन एमाले चाहिन्छ। प्रत्येक पालिकामा १५ वेडको अस्पताल सुरूवात केपी ओलीकै पालमा भएको हो।

नेकपा एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले एमाले नतृत्वको सरकारले नेपाली श्रम र सिपलाई नेपालमै राख्न पहल गर्ने बताए।