images

प्रधानमन्त्रीले विश्वासको मत लिदा कांग्रेस–एमालेको ७ बुँदे सहमति सार्वजनिक गर्नुपर्छ : गगन थापा

काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै गर्दा कांग्रेस र एमालेबीच भएको सहमति  संसदबाट सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

४२ औं बीपी स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा उनले आफैं हस्ताक्षरकर्ता नै भएकाले ओलीले उक्त सहमति सार्वजनिक गर्नु उनको जिम्मेवारी भएको बताए ।

‘भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा, संसदमा आफ्नो विचारहरु राख्दै गर्दाखेरि‘ नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदाका बीचमा सहझदारी भयो भनिएको छ । ७ बुँदा के हो भन्ने कुरा त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्छु, ‘हामीले पढ्यौं, पढेकै आधारमा पार्टीभित्र निर्णय गर्‍यौं, पढेका आधारमा निर्णय गरेको हुनाले त्यसको मर्यादा राखौं भन्ने सोच्यौं । स्वयं त्यसको हस्ताक्षरकर्ता प्रधानमन्त्री बन्नुभएकाले उहाँको ९संसदमार्फत सहमति सार्वजनिक गर्ने० जिम्मेवारी पनि हो, अवसर पनि हो र मलाई विश्वास पनि छ’, थापाले भने ।

संसदमा दुई ठूला र आपसी प्रतिस्पर्धामा रहेका दलहरुबीच नै समझदारी भएकामा विभिन्न आशंका रहेको उनले बताए ।