images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालय बालाजु सार्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालय सार्ने भएको छ ।

बसुन्धरा चोकमा रहेको कार्यालय साँघुरो भएपछि बालाजुमा सार्न लागिएको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए ।

पार्टी गठनको एक वर्ष पुगेसँगै ७ असारमा कार्यालय सार्ने र पार्टी गठनको एक वर्ष पूरा भएको अवसरमा चियापान गरिने उनले बताए ।

५ तल्ले पूरै भवन रास्वपाले लिएको हो । नयाँ भवन रास्वपाकै नेता डा. भरत देवकोटको हो । पार्टीका अनुशासन समितिमा रहेका घरधनी देवकोटालाई भाडा बापत मासिक साढे ३ लाख तिर्ने सहमति भएको ढकालले बताए ।

वसुन्धरामा रहेको भवनका लागि रास्वपाले मासिक डेढ लाख भाडा तिर्दै आएको थियो ।