images
images

समाजवादी मोर्चा भोलि घोषणा गर्ने तयारी

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दल मिलेर यही असार ४ गते (भोलि) समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा जुटेका छन् ।

आज बिहान बालुवाटारमा भएको चार दलका शीर्ष नेताबीचको छलफलपछि ती दल मोर्चा घोषणाको भोलि दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा गर्ने गरी गृहकार्यमा जुटेका हुन् ।

मार्चा गठनबारे नेसपाका अध्यक्ष बाबुराम भट्टराई र बामदेब गौतमसँग पनि कुरा भैराखेको नेकपाका महासचिव विप्लवले जानकारी दिए । उहाँहरूसँग पनि निरन्तर छलफल गरी टुंगोमा पुगिने उनको भनाई थियो ।

आज बिहान बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी भएका थिए ।