काठमाडौं : मन्त्रिपरिषद् बैठक बस्दैछ।
प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ६ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। यो नियमित बैठक भएको सचिवालयले जनाएको छ। हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गरेको छ।
ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को तेस्रो बैठक बस्न लागेको हो। बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अहिले सरकारमा एमाले, कांग्रेस, जसपा र लोसपा सहभागी छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट आइतबार दुईतिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए।
ओलीले आज दिउँसो संसद बैठकमा सांसदको प्रश्नको जवाफसमेत दिनेछन्।