images

बागमतीमा कांग्रेस र एमालेबीच मिल्यो मन्त्रालयको भागबन्डा, कसलाई कुन ?

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेबिच बागमती प्रदेशमा मन्त्रालय भागबन्डाको विषयमा सहमति जुटेको छ ।

प्रदेशको १३ मन्त्रालय मध्ये कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति बनेको हो । सरकारको नेतृत्व कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले गर्दैैछन्।

आइतबार राति केन्द्रबाट मुख्यमन्त्री बाहेक ६/६ वटा मन्त्रालय लिने गरी सहमति गरेपछि एमालेका सांसदहरूलाई हेटौँडा फर्किएका थिए ।

सहमति अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय लिनेछ भने कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय विकास मन्त्रालय लिनेछ ।

दुई दल बिच २ वटा मन्त्रालयको विषयलाई लिएर सहमति जुट्न सकेको छैन । उनका अनुसार युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कसले कुन लिने भन्ने विषयमा सहमति हुन बाँकी रहेको छ ।