क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको ज्यान गयो

काठमाडौं । क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको ज्यान गएको छ । नचिनेका समूहले जाग्रेबको पूर्वी क्षेत्रमा पर्ने दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घटनास्थलमा ५ जनाको ज्यान जानुका साथै उपचारका क्रममा अर्का एक जनाको ज्यान गएको हो ।

घटनामा अरु धेरै घाइते भएका छन् । यस घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार गोली हान्ने व्यक्ति सेवा निवृत्त सैन्य प्रहरी अधिकारी रहेका छन् । गएको  वर्ष छिमेकी देश सर्बियामा गोलीबारी हुँदा राजधानी बेलग्रेडको एक विद्यालयमा भएको नरसंहारमा १० जनाको ज्यान गएको थियो । प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गरि थप घटना हुन नदिन सम्बन्धित अधिकारीहरूलाई आह्वान गरेका छन् ।