images
images

समाजवादी मोर्चा घोषणा कार्यक्रम मा कस्ले के भने ??[ बिस्तृतमा]

परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध समाजवादी मोर्चा युद्धको घोषणा होः प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्नेहरुका विरुद्ध समाजवादी मोर्चा घोषणा युद्धको घोषणा भएको बताएका छन् ।

समाजवादी मोर्चा घाेषणा सभालाई सम्वाेधन गर्दै उजले माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न आह्वान गर्दै समाजवादी मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनुनपर्ने बताए ।

उनले परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको उनले बताए  ।

अहिले परिर्वतनलाई होच्याउने, अपमानित गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिले केही मान्छेहरुले टाउको उठाउन खोजेको भन्दै उनले ७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि यो चुनौती भएको उनले बताए । उनले भने–‘यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।’

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सिङ्गो वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहिलो पाइला भएको बताएका छन् ।

समाजवादी मोर्चा सत्तालाई टिकाउनका लागि मात्रै नहोस् : झलनाथ खनाल

समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै सबै देशभक्त र क्रान्तिकारीहरूलाई एकताबद्ध नगरेसम्म नयाँ विकल्प निर्माण हुन नसक्ने बताए ।

उनले भने, ‘म चारै दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु यो मोर्चा खाली सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस् । यो मोर्चा साँचो अर्थमा आमूल परिवर्तन गर्दै सबै वामपन्थीहरूलाई एकताबद्ध गर्ने मोर्चा बनोस् ।’

उनले यो मोर्चालाई अझै विस्तार गर्नुपर्ने बताए ।

यो मोर्चा कसैलाई लक्षित गरेर बनेको होइन, बर्बराउन पर्दैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैप्रति लक्षित नबनेको भएकाले अहिलेदेखि नतर्सिन आग्रह गरेका छन् ।

समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले मोर्चा घोषणाअघि नै केही व्यक्तिहरू बर्बराउन थालेको बताए ।

कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरिएको होइन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताउनुभएको छ ।

कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्नका लागि मोर्चा बनाउन लागिएको टिप्पणी एमाले अध्यक्ष केपी ओलीले गरेको स्मरण गराउँदै उहाँले यस्तो भनाई राख्नु भएको हो ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रतिगमनकाविरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने बताउनुभयो । मोर्चा कसैलाई तर्साउन र मुकाविला गर्नका लागि नभएको नेपालको भनाई थियो । उहाँले प्रतिगमनमा पक्षमा नभएकाहरु मोर्चासँग डराउन सक्ने जिकीर समेत गर्नुभयो ।

अध्यक्ष नेपालले अग्रगमनका पक्षधर सबै शक्तिहरुलाई मोर्चामा आवद्ध हुन पनि आह्वान गर्नुभयो । सत्तापक्ष र सत्ता बाहिर रहेका दल सहभागी रहेको मोर्चाले सबै शक्तिहरुलाई समेटने सामथ्र्य राखेको पनि उहाँले बताउनुभयो । अध्यक्ष नेपालले देशभक्त र क्रान्तिकारी शक्तिहरुसँग हातेमालो गर्दै अघि बढाउने योजना मोर्चासँग रहेको समेत बताउनुभयो ।

अध्यक्ष नेपालले समाजवादी शक्तिमा रहेका जनताको प्रभावलाई विस्तार गर्न पनि आफूहरुले सो मोर्चा निर्माण गरेर अघि बढने निर्णय लिएको बताउनुभयो ।.

नेपाली जनताहरू एकपटक फेरि जर्‍याकजुरूक उठ्न जरूरी छः विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली जनता फेरि एकपटक जर्‍याकजुरूक उठ्न जरूरी रहेको बताएका छन्।

समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले निराशाले बिसर्जन गर्ने र यसले शासकलाई मात्र फाइदा गर्ने भएकाले एकपटक फेरि जर्‍याकजुरूक उठ्न आवश्यक रहेको बताएका हुन्।

‘निराशाले समाप्त पार्छ। यसले उत्पीडक शासकलाई मात्र फाइदा गर्छ। विदेशी साम्राज्यवादीलाई मात्र फाइदा गर्छ। नेपाली जनताहरू एकपटक फेरी जर्याकजुरूक उठ्न जरूरी छ,’ उनले भने।

विगतमा आत्मविश्वास, जोश र निर्भिकताका साथ गरेको योगदानले नै परिवर्तन सुनिश्चित भएको र अब ती परिवर्तनको रक्षाका लागि र समाजवादतर्फको यात्राका लागि एकपटक पुन उठ्न आवश्यक रहेको बताए।