images
images

श्रममन्त्री भण्डारीलाई लोसपा निकट विद्यार्थीको बधाई

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट विद्यार्थीले बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन् ।

लोकतान्त्रिक विद्यार्थी सङ्घका अध्यक्ष रोशन मिश्र तथा महासचिव सम्मर साह, केन्द्रीय सदस्यहरु सिद्धार्थ यादव, विशाल मिश्र, आमोद सिन्हालगायत विद्यार्थीले मन्त्री भण्डारीलाई शुभकामना दिएका थिए ।

उनीहरुले युवा विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्न मन्त्री भण्डारीसँग आग्रह गरेका थिए ।

जवाफमा मन्त्री भण्डारीले युवा तथा विद्यार्थीलाई स्वदेशमै शिक्षा र रोजगारी उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्न आफूले पहल गरिरहेको बताए ।