images
images

यी हुन् सौर्य एयरलाइन्सको जहाजमा सवार चालकदलका सदस्यसहितका यात्रु

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ ।

एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताए । यस बाहेक विमानमा अन्य सर्वसाधारण नभएको उनले बताए ।

दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । जसमा मृतकहरु १८ जना विमानमा सवार रहेको र बाँकी ४ जना बाहिरको मानिस हुनसक्ने बताइएको छ ।