images

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण, ५ वर्षे रणनीतिक कार्ययोजनामा हस्ताक्षर

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा बुधबार पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

राजनीतिक अस्थिरता अन्त्य गर्दै सरकार सुशासन कायम गर्न तथा प्रदेशको औचित्य पुष्टि गर्ने गरी काम गर्न प्रतिबद्ध रहेको उनले बताए ।

यो गठबन्धन सरकारलाई असफल हुने छुट नभएको भन्दै मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारको अनुभुती गर्ने गरी काम गर्ने बताए ।
केही दिनभित्र मन्त्रीहरूको कार्यविभाजन गर्ने र मन्त्रिपरिषद्लाई पूर्णता दिने उनले जानकारी गराए ।

पदभार ग्रहणपछि प्रमुख सचिव, सचिव तथा कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनोबलका साथ जनताको पक्षमा काम गर्न निर्देशन दिए ।