सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो १७ निर्माण कम्पनीसँग स्पष्टीकरण

काठमाडौँ-सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले तीस दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट परेको निवेदनअनुसार ३०  दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन स्पष्टीकरण पेस गर्न भनिएको छ ।

तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने अनुगमन कार्यालयले जानकारी दिएको छ ।