images
images

२५ युवालाई डेनमार्क पठाउने भन्दै लिएर गएका मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिए

विराटनगर । एक जना मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका ६ घर भएका २८ वर्षीया राजीव फुयाँल विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा आज बिहान मृत भेटिएका हुन् ।

होटेलको १०८ नम्बर कोठामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको छ ।
मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेको बुझिएको छ ।

उनले बिहीबार भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर विराटनगर लिएर आएका थिए । उनी विराटनगरको नयाँ गुद्री अगाडि बसेका थिए भने विदेश जाने युवाहरू भने रानी क्षेत्रमा बसेका थिए ।

बिहान युवाहरूसँगै नआएपछि खोज्दै होटेलमा पुग्दा उनी मृत भेटिएका हुन् । एक जना डेनमार्क पठाएबापत उनले ७ लाख लाग्ने बताएका थिए । विदेश पढाउनुभन्दा अगाडि एक जनाबाट डेढ लाख लिएका थिए ।