images
images

बजेटमा शहरी विकासले लुम्बिनी नलेखेपछि संसदमा विवाद

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा शहरी विकास मन्त्रालय अन्तर्गतको बजेट विनियोजनमा छलफल सुरु नहुँदै प्रतिनिधि सभा बैठकमा विवाद उत्पन्न भएको छ ।

उक्त मन्त्रालयगत छलफलमा मन्त्रालयको पुस्तकमा लुम्बिनी प्रदेशको नाम प्रदेश नम्बर ५ लेखेर प्रकाशन भएको भन्दै नेकपा एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका थिए ।

उक्त त्रुटि नसच्चिएसम्म बैठक चल्न नदिने एमाले सांसदको अडानपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।