images
images

क्याप्टेन शाक्यको ढाडको हड्डी र ३ वटा करङ्ग भाँचिएको छ: केएमसी

काठमाडौं । काठमाडौं मेडिकल कलेज(केएमसी)ले सौर्य एअरलाइन्सका क्याप्टेन मनिष रत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।

अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले अनुहार तथा नाक आखाँका चोटहरुको हिजै उपचार भइसकेको र अन्य जटिलताहरु नदेखिएको जानकारी दिइन् ।

तर, शाक्यको ढाडको एउटा हड्डी साथै देब्रे पट्टिको ३ वटा करङ्ग भाँचिएको थापाले बताइन् ।

‘क्याप्टेन मनिष रत्न शाक्यलाई उद्धार गरी काठमाडौं मेडिकल कलेज के.एम.सी सिनामंगल ल्याई सघन भईरहेको सबैमा जानकारी गराउँदछौं । उहाँको उपचार कक्षमा उपचार अनुहार, आखाँ, नाक तथा टाउकोमा चोटहरु, ढाडको एउटा हड्डी साथै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएका छन् ।’ उनले भनिन् ।

साथै, अस्पतालले दुर्घटनामा ज्यान गुमाएका १८ जनाप्रति समवेदना व्यक्त गरेको छ ।