images

लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं – सरकारले मुख्यसचिव नियुक्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।

उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो । योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् ।  यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएका कारण कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी कानुन सेवाबाट सचिव भएकी थिइन् ।