images
images

सुदूरपश्चिमका कानुन मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ४ जना घाइते

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।

सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खस्दा मन्त्री सिंहसहित ४ जना घाइते भएका प्रहरीले जनाएको छ । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ । बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटना स्थलमा प्रहरी टोली गएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।