images
images

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं- कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।

मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पणपछि उनकोआजै अन्त्येष्टि गरिने जनाइएको छ ।

नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । मिर्गौलामा समस्या आएपछि उनी २ साउनमा वीर अस्पतालमा भर्ना भएका थिए ।