images
images

समाजवादी मोर्चा वृद्धहरुको क्लब : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लब भएको बताउनुभएको छ ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको बताउनुभएको हो ।

सांसद भट्टराईले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गर्नुभयो । उहाँले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने बताउनुभयो । उहाँले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताउनुभयो ।

सांसद भट्टराईले संसदमा पेस गर्ने डकुमेण्ट परिष्कृत हुनुपर्नेमा अहिले विभिन्न त्रुटीहरु भइरहेको बताउनुभयो । उहाँले मन्त्रीको नियतका कारण भइरहेका गल्तीलाई स्वीकारेर अघि बढ्न नसकिने बताउनुभयो । उहाँले छलफलमा मन्त्रीहरु नआएको भन्दै सरकार सदनप्रति जवाफदेही बन्न नसकेको बताउनुभयो ।

सांसद भट्टराईले बजेटप्रति सत्ता पक्षकै सांसदहरु असन्तुष्ट रहेको भन्दै बजेट फेल भए सरकार स्वतः ढल्ने बताउनुभयो ।