बागमतीमा ४ मन्त्रीले लिए शपथ, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

हेटौंडा – बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् ।शनिवार एक समारोहका बिच मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनले सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गीलाई नियुक्त गरेका छन् । सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

बागमती प्रदेश सरकारको मन्त्रीमण्डल सङ्ख्या बढाएर १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो ।