images
images

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

जारी आईसीसी विश्वकप छनोटमा आज अमेरिकाविरुद्ध शानदार जित हासिल गरेपछि प्रधानमन्त्री प्रचण्डले बधाई  दिएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “जारी आईसीसी विश्वकप छनोटमा अमेरिकाविरुद्ध शानदार जितको लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमलाई  हार्दिक बधाई । विश्वसामु देशको शीर उच्च बनाएकोमा खेलाडीहरूमा आभारसहित हार्दिक धन्यवाद”