images

पेरिस ‌ओलम्पिक : जापान पदक तालिकाको शीर्ष स्थानमा

काठमाडौं-पेरिस ओलम्पिक २०२४ मा जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

जापान दोस्रो दिनको समाप्तिसम्म चार स्वर्ण, दुई रजत र एउटा कांस्य पदकसहित  शीर्ष स्थानमा  रहन सफल भएको हो । अस्ट्रेलिया ६ पदकसहित तालिकाको दोस्रो स्थानमा झरेको छ । दोस्रो दिन केवल १ स्वर्ण जितेको अस्ट्रेलियाले अहिलेसम्म चार स्वर्ण र दुई रजत पदक जितेको छ ।

अमेरिका ३ स्वर्ण ६ रजत र ३ कांस्य पद सहित कुल १२ पदकका साथ तेस्रो स्थानमा छ । आयोजक फ्रान्स तीन स्वर्ण, तीन रजत र दुई कांस्य सहित चौथो स्थानमा छ । दक्षिण कोरिया, चीन र इटाली ६-६ पदकसहित क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् । कजाकिस्तान एक स्वर्ण र दुई कांस्यसहित आठौँ र बेल्जियम एक स्वर्ण र एक कांस्यसहित नवौँ स्थानमा छ ।

पेरिस ओलम्पिकमा अहिले सम्म १२ देशले कम्तीमा १ स्वर्ण जितेका छन् भने २८ देशले पदकको खाता खोलेका छन् । ओलम्पिकमा तेस्रो दिन १९ स्वर्ण पदक जित्ने देशको टुङ्गो लाग्ने छ ।