images
images

पोखरामा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । आज चिनियाँ जहाज विमानस्थलमा अवतरण गर्न लागेको हो ।

‘सिचुवान एयरलाइन्स’ पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय चीनको छेन्दु-तियाफु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज आन बिहान साढे ९ बजे पोखरा विमानस्थलमा अवतरण हुनेछ ।

जसमा १ सय ३० यात्रु रहने बताइएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेतलाई लिएर आउने सो विमानमा चिनियाँ खेलाडीहरू पनि आउने छन्।

दक्षिण एसियामा नै पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन चिनियाँ खेलाडी नेपाल आउन लागेका हुन् । सो फेस्टिभल यही असार ८ र ९ गते पोखरामा हुँदैछ ।