images
images

एकैपटक २१ सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं – सरकारले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एकैपटक करिव दुई दर्जन सचिवहरुको सरुवा गरेको हो ।

मन्त्रिपरिषदका एक सदस्यका अनुसार सचिव सरुवा हुने क्रममा अर्थ सचिवको जिम्मेवारी राजश्व सचिव डा. रामप्रसाद घिमिरेले पाएका छन् । यस्तै अर्थ सचिवको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको राजश्व सचिवको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरे सरुवा भएका छन् ।

बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ भने श्रम मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई दिइएको छ ।

२०८१/४/१४ को सचिव सरुवा:
1. अर्थ: रामप्रसाद घिमिरे
2. अख्तियार: घनश्याम उपाध्याय
3. राजश्व: दिनेश घिमिरे
4. रक्षा:रामेश्वर दंगाल
5. श्रम रोजगार तथा समाजिक सुरक्षा: मुकुन्द निरौला
6. लोकसेवाः डिल्लीराम शर्मा
7. सूचना तथा सञ्चारःराधिका अर्याल
8. उपराष्ट्रपति कार्यालय: मधुकमार मरासिनी
9. संघीय मामिला:भरत सुवेदी
10. वित्त आयोगःकिरण राज शर्मा
11. भौतिक पूर्वाधार: केशवकुमार शर्मा
12. ऊर्जा : गोपालप्रसाद सिग्देल
13. राष्ट्रपतिको कार्यालय: नारायण प्रसाद दुवाडी
14. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय: राजकुमार श्रेष्ठ
15. वाणिज्यः मधुसुदन बुर्लाकोटी
16. सार्वजनिक खरिद: रामकृष्ण सुवेदी
17. नेपाल ट्रस्टः रामाधार शाह
18. खानेपानीः प्रमीला देवी बज्राचार्य
19. जल तथा ऊर्जा आयोगः सुरेश आचार्य
20. राष्ट्रिय तथ्याङ्क कार्यालयः गोकर्णमणि दुवाडी
21. भूमिः अर्जुनप्रसाद पोखरेल