पदाधिकारी बैठकमा प्रचण्डले आज जवाफ दिने, पार्टी निर्माणको अवसर मिलेको नेताहरुको धारणा

काठमाडौं – नेकपा माओवादी केन्द्रको जारी पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिदै छन् ।

पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले बैठकमा उठेका सवालमाथि जवाफ दिन लागेका हुन् । बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले सत्ता बाहिर रहेका बेला पार्टी निर्माणमा जुट्नु पर्ने बताएका थिए ।

उनीहरुले अहिलेको समय संगठन निर्माणकालागि अवसर बनेर आएको बताएका छन् । सरकारमा रहदा पार्टीले गरेका राम्रो काम जनतामाझ लैजाँदै एकजुट भएर जनतामाझ जान बैठकमा सबैले जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
यिनै धारणामाथि आज प्रचण्डले जवाफ दिएसँगै पार्टीको आगामी रणनीति तय गर्ने सापकोटाको भनाई छ ।

बैठकले स्थायी कमिटी र लगत्तै केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गर्ने छ । पार्टीका सबै बैठक बसेर पार्टीको आगामी रणनीति तय गर्ने माओवादीको तयारी छ ।