images
images

ललितपुरको लुभुमा पिपलको रुख ढल्दा सडक अवरुद्ध, दुई घरमा क्षति

काठमाडौं : गएरातिबाट परेको अविरल वर्षाले ललितपुरको महालक्ष्मी नगरपालिका ८ स्थित ग्वार्को –लाँकुरी भञ्ज्याङ सडकअन्तर्गत लुभुमा एकै स्थानको दुई ओटा पिपलको रुख ढल्दा सडक अवरुद्ध भएको छ।

पीपलको रुख ढलेर स्थानीयको दुईवटा घरमा समेत क्षति पुर्‍याएको छ। अहिले नेपाली सेना, र स्थानीयको सहयोगमा उक्त रुख हटाई सडक खुलाउने काम भइरहेको छ।