images
images

टिकटक मुख्यालयका ५० भन्दा बढी कर्मचारी विषाक्त खानाका कारण बिरामी

टिकटकको मूल कम्पनी (प्यारेन्ट कम्पनी) बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खाद्य विषाक्तताका कारण बिरामी परेका छन् ।

स्वास्थ्य र खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्। मंगलबार ६० जनामा ​​पेटसम्बन्धी समस्या देखिएको थियाे। जसमध्ये ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

बाइट डान्स कम्पनीले कर्मचारी बिरामी परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

बाइट डान्स कार्यालयहरूमा कुनै पनि खाना तयार हुँदैन। बाइट डान्सले खाना आपूर्तिको लागि तेस्रो पक्षहरूमा निर्भर गर्दछ।

बाइटका प्रवक्ताले बिबिसीलाई कर्मचारीहरूकाे स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएकाे र प्रभावित कर्मचारीहरूलाई सहयोग गर्न तत्काल कदम चालेकाे जनाएका छन्।

उनले यस विषयमा अनुसन्धान गरिरहेको र सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको पनि बताए।