images
images

इजरायली राजदूत हानानद्वारा सांसद एकनाथ ढकाल संग भेट

६ असार, काठमाडौं । नेपालका लागि इजराएली राजदुत हनान गोडेरले नेपाल परिवार दलका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद एकनाथ ढकाल संग भेट गर्नु भएको छ। सांसद ढकालको सचिवालयमा भएको भेटमा दुइ मित्र राष्ट्र बिचको बहुआयमिक सम्बन्धको बारेमा छलफल भएको छ। सांसद ढकालले नेपाल र इजराएल बीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि निरन्तर कृषि, शिक्षा, प्रबिधि तथा जलश्रोतको क्षेत्रमा इजराएलले पुर्याएको योगदानको कदर गर्दै भविष्यमा नेपालको पर्यटनको थप विस्तार गर्न सहयोग गर्न तथा इजराएलमा रहेका नेपाली हरुको हितमा ध्यान दिन राजदुत हासन संग आग्रह गर्नु भयो । साथै सांसद ढकालले नेपाल र इजराएल बिचको सांसदहरु बिचको जिबन्त आदान प्रदानमा हुनु पर्नेमा जोड दिनु भयो। राजदुत हनान गोडेरले नेपाल र इजराएल बीच द्विपक्षीय सम्बन्ध राम्रो रहेको र बहुपक्षीय सम्बध पनि थप सुदृढ गर्दै लैजानु पर्ने बताए। साथै राजदुत हनान गोडेरले नेपालमा पर्यटनको थप बिस्तारको लागि नेपाल सरकारले पर्यटन मैत्री बातावरण सृजना गर्नु उपयुक्त हुने सुझाब दिनु भयो। प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका सांसद ढकाल संग विभिन्न देशका कुटनीतिज्ञहरुले भेटघाट गरि रहेका छन् ।