images

धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछुः बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन्।

बिहीबार काठमाडौँ महानगर वडा ८ को प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख शाहले सबैले भाषणभन्दा पनि काम गर्न जरुरी रहेको बताए।

उनले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए। उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए।

२२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको उनको भनाइ थियो। उनले पशुपति क्षेत्रका सडकहरु चाँडो र तिब्रगति गतिमा बन्दै जाने विश्वास रहेको बता ए।

उनले विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहारजस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको बताए। उनले सम्पदामैत्री क्षेत्रमा सम्पदामैत्री सडक र घर तथा भवनहरु बनाउनको लागि काठमाडौँ महानगरले बजेटसमेत व्यवस्था गरिरहेको छ।

उनले सम्पदा क्षेत्रका घरहरु सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताए। उनले सम्पदा शैलीका सडक र घर भवनहरु भए पर्यटकहरुलाई आकर्षण अझै बढी हुने उल्लेख गरे।

उनले भने, ‘म धेरै बोल्न चाहन्न। बोल्ने भन्दा पनि कामै गर्नुपर्छ भन्ने हो।’

उपप्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरको वडा ८ ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक रुपमा महत्व बोकेको वडा भएको बताइन्।