images

क्यूएफएक्स चेनको नयाँ हल – सिटी स्क्वायर मल सामाखुशीमा

काठमाडौं– सिटी स्क्वायर मल सामाखुशीमा क्यूएफएक्स चेन अन्तरगत नयाँ हल औपचारिकरुपमा संचालनमा आएको छ।

सामाखुशी चोकस्थित हलको बिहीबार बेलुका दीपकराज गिरी, प्रकाश सपुत, नीति शाह, किरण केसी, रमेश उप्रेती, निर्मल शर्मा, जितु नेपाल लगायतका कलाकारले रिबन काटेर हल शुभारम्भ गरे ।

३ पर्दासहित ४ सय ९५ सिट क्षमताको यो मल्टिप्लेक्स हल आजबाट औपचारिकरुपमा संचालनमा आउने जानकारी हल संचालक मैनालीले जानकारी दिए।

संचालक मैनालीले हलमा पछिल्लो समय उपलब्ध अत्याधुनिक सुविधा र प्रविधिमा दर्शकले सिनेमाको मनोरञ्जन लिन सक्ने बताए।

मैनालीको यस हलमा नेपालमा नै पहिलोपटक अरोम्याक्स च्यानल ३२ ध्वनी प्रविधि जडान गरिएको छ।

यस्तै यो हलमा बेल्जियमको कम्पनी बार्को लेजर्सको अत्याधुनिक प्रोजेक्सन सिरिज फोर पनि जडान गरिएको छ। दर्शकले प्लाटिनम सोफा र लाउन्जर सिट्मा बसेर अनुभव गर्न सक्ने उनको भनाइ छ। मैनालीले दरबारमार्गस्थित राइजिङ मलमा दुई पर्दाको क्यूज हल संचालन गर्दै आइरहेका छन्।