images
images

विपद प्रभावित क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम प्राथमिकतामा छ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट जनसम्पर्क टुटेको क्षेत्रमा लाइभ लाइन कनेक्टिभिजी जोड्ने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा मनसुनजन्य विपद्बाट विभिन्न जिल्लामा भएको क्षतीको विषयमा भएको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा सडक, खानेपानी, विद्युत, खाद्यान्न लगायतका कनेक्टिभिटि तत्काल जोड्ने गरी काम गरिरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले बाढी पहिरो विपद्बाट बेपत्ता भएको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले बाढी पहिरो प्रभावित क्षेत्रमा स्थानीयवासी र बस्तीको स्तान्तरण नभएको भए तत्काल बस्ती स्तान्तरण गर्ने काम गरिने बताउनुभयो । उहाँले बाढी पहिराबाट मानव र बस्ती जोगाउँदै घाइतेहरुको उपचार जोड दिएर काम गरिरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले नेक्टिभिटीलाई प्राथमिकताको आधारमा सरकारले कार्यायोजना बनाएर काम थालेको बताउनुभयो । उहाँले संघीय,प्रदेश र स्थानीय सरकारको समन्वयमा सम्पूर्ण सरकारी निकायहरुको प्रभावकारी परिचालनमा गरेर काम अघि बढाएको पनि बताउनुभयो । मन्त्री श्रेष्ठले पुनःनिर्माण र पुनवासको निम्ति सरकारले थप योजना बनाएको पनि बताउनुभयो । उहाँले बिहीबार भौतिक, अर्थ, स्वास्थ्य, ऊर्जा, खानेपानी मन्त्रालयसहितको बैठक बसेर ठोस निर्णय गर्ने बताउनुभयो ।