images
images

यस्तो छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रम (सूचीसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम ल्याएको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर बालेन शाहले नयाँ रोजगारीको सिर्जना, स्थानीय उत्पादन, पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्नेसहित योजना अघि सारेको बताए । यस्तै नीति तथा कार्यक्रममा १० वटा गौरवका योजना समेटिएका छन् ।

गौरवका योजनामार्फत प्रमुख समस्याहरूको समाधानका साथै सुरक्षित, व्यावसायिक र व्यवस्थित सहरको निर्माण गर्दै काठमाडौँ महानगरपालिकालाई पर्यटनमैत्री सांस्कृतिक सहर, समृद्ध महानगरको रूपमा स्थापित गर्ने मेयर शाहले बताए ।