सांकेतिक तस्विर
रोल्पा – रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमाको मृत्यु भएको छ भने नातिनी बेपत्ता भएकी छन् ।
सुनछहारी गाउँपालिका ४ सिउरीमा देउसिंह कामीको घर गएराति १० बजे पहिरोले पुर्दा उनकी आमा ७० वर्षीया बुसुना सुनारको मृत्यु भएको हो ।
उनको शव निकालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए । देउसिंहकी ४ वर्षीया छोरी भने भेटिएकी छैनन् । अहिले प्रहरी र स्थानीय उनको खोजी तथा उद्धारमा जुटिरहेको डीएसपी लामाले बताए ।
देउसिंह र उनकी पत्नी कामको सिलसिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले जनाएको छ।


लाल्टिन खबर 





