कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक उम्मेदवार चयन

एजेन्सी–अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट औपचारिक रुपमा राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।

शुक्रबार दिउँसो २ हजार ३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि ह्यारिस औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी हुन् ।

ह्यारिसले यसै महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित महसुस भएको बताइन् ।  प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट हुने ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् ।