images

‘स्टन्टबाजी’ का रुपमा कुनै काम गर्दैनौं : प्रधानमन्त्री

काठमाडौं –प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले पपुलिस्ट हुन र स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । आज (आइतबार) च्यासलमा एमालेका पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले ओलीले जनता र सुशासनमा केन्द्रित रहेर सरकार अगाडि बढ्ने धारणा राखेका हुन् ।

अहिले कांग्रेस र एमालेको समीकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरुले भ्रम फिजाउन सक्रिय बनेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले अहिले कुनै भुलभुलैयामा, अफवाहको भरमा अन्यौलग्रस्त भएर अथवा पपुलिस्ट हुनका लागि वा स्टन्टबाजीका रुपमा कुनै काम र विचार नगर्ने समेत बताए । ओलीले लोकतन्त्रका लडेका एमाले र कांग्रेसले संविधान संशोधन लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको ग्राह्यता, स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्नका लागि  भनेको बताए ।

एमाले अध्यक्ष ओलीले कतिपयले संविधान संशोधनको विषयमा भ्रम फिजाउने कोशिस भइरहेको बताएका छन् । ‘कतिपयले अहिले पनि हाम्राविरुद्ध भ्रम फैलाउन कोशिस गरिरहेका छन्, हामी संविधान संशोधन गर्न पर्छ भनिरहेका छौं तर धार्मिकहरुको ग्रन्थ जस्तो असंशोधनीय, विश्वास मात्र गर्नुपर्ने,फेर्न नपर्ने÷नपाइने ग्रन्थ जस्तो गरेर संविधानलाई व्याख्या गरिरहेका छन् । संविधान जनताको भलाईका लागि, सुशासन र विकासका लागि, आफ्नो मौलिक संस्कृति संरक्षणका लागि, परिमार्जन हुँदै जाने दस्ताबेजलाई पनि भ्रम फिजाई रहेका छन् ।’

उनले जनतासँग एकाकार हुन र कम्युनिष्ट आचरणमा रहन कार्यकर्तालाई निर्देशन दिए । ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिए । ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको स्मरण गर्दै पार्टीमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिए ।