images
images

विद्युत् प्राधिकरण सञ्चालक समितिबाट पुन र आचार्यलाई हटाइयो

काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यहरू भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएको छ । हटाइएकामध्ये पुन माओवादी र आचार्य नेकपा एकीकृत समाजवादीनिकट छन् ।

पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विषयमा प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएका थिए । उनीहरूलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट जिम्मेवारीबाट हटाइएको हो ।

स्पष्टीकरणमा अगाडि भनिएको छ, ‘उद्योगीहरुबाट बक्यौता महसुल उठाउने सम्बन्धी थप निर्णय हुन केही समय लाग्ने भएकोले हाललाई विद्युत लाइन काटिएका उद्योगहरुको विद्युत लाइन जोड्ने र विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले विद्युत उपभोक्ता हित संरक्षणसम्बन्धी निर्देशिका, २०८० को दफा १३ को उपदफा १० बमोजिम गुनासो समाधान सम्पन्न हुनु भन्दाअघि वितरण अनुमतिपत्र प्राप्त व्यक्ति वा विद्युत वितरण गर्ने सामुदायिक संस्थाले सम्बन्धित उपभोक्ताको विद्युत आपूर्ति विच्छेद गर्न पाउने छैन भन्ने उल्लेख भएकोमा विभिन्न डेडिकेटेड/ट्रक लाइन उपभोक्ताहरूबाट काठमाडौं आयोगमा प्राप्त निवेदन अनुसार विद्युत आपूर्ति विच्छेद गरिएको जानकारी आएकोले उक्त निर्देशिका, २०८० को दफा १३ को उपदफा १० उल्लङ्घन भएको देखिएको हुँदा तत्काल ती उपभोक्ताहरुलाई विद्युत आपूर्ति कायम गर्न पुनः लाइन जडान गर्नु भनी दिएको निर्देशन बमोजिम विद्युत आपूर्ति कायम गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्न नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०८१/०४/०७ मा बसेको ९७९ औं बैठकमा नोट अफ डिसेन्ट लेखी नेपाल विद्युत प्राधिकरण ऐन, २०४९ को दफा २५ बमोजिम नेपाल सरकारले दिएको निर्देशन पालना गर्न असहयोग गरेको।’

उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण पत्र बुझाउन भनिएको छ।

स्पष्टीकरण सोधिएका पुन नेकपा (माओवादी केन्द्र) निकट हुन् भने आचार्य नेकपा (एकीकृत समाजवादी) निकट हुन्।