काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार जारी बैठकमा पहिलो पटक उनी सहभागी भएका हुन् ।
आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यसअघि साउन १६ गते शान्ति सुरक्षा र कारागार व्यवस्थापनसम्बन्धी समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो । तर, प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए ।