काठमाडौं – न्याय सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
न्याय सेवा आयोगको बैठकले साउन १५ गते न्याय सेवातर्फका कानुन समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङ्गानालाई सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो ।
श्रेष्ठलाई लाई कानुन सेवा आयोगमा पदस्थापन गरिएको छ भने ढुङ्गानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको छ ।
यसअघि श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुङ्गाना कानुन आयोगमै कार्यरत थिए ।