images

मधेस प्रदेश : ५ राज्यमन्त्रीहरुले लिए शपथ

काठमाडौं – मधेश प्रदेशमा अहिलेसम्मकै ठूलो आकारको मन्त्रीमण्डल बनेको छ । प्रदेश सरकारका नवनियुक्त ५ राज्‍यमन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रीमण्डलको आकार हालसम्मकै ठूलो बनेको हो ।

मंगलबार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा एक समारोहकाबीच  मुख्यमन्त्री सतिशकुमार सिंहले  उनीहरूलाई शपथ गराएका हुन् । उनीहरुलाई   मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबारै राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

शपथ लिनेमा एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुमारी रजक

यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह रहेका छन् ।

१२ मन्त्रालय रहेको मधेशमा जनमतले मुख्यमन्त्री बाहेक २, कांग्रेस र एमालेले ४-४ र लोसपाले एक मन्त्रालय सम्हालेको छ । यसअघि नै एमालेका २ र जनमतका एक राज्यमन्त्री नियुक्त भइसकेका थिए ।