काठमाडौं – मन्त्रिपरिषद्ले नेपाल प्रहरीका डीआईजी रामदत्त जोशीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा सुब्बा गुरुङले बताए ।
यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए । बज्राचार्य प्रहरी प्रधान कार्यालयमा र जोशी हालै बढुवा भएका हुन् ।