images

इपीएस: दोस्रो चरणको भाषा परीक्षामा झण्डै ९ हजार परीक्षार्थी उत्तीर्ण

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दोस्रो चरणको भाषा परीक्षामा ८ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

६६ हजार ३२६ जना सहभागी भएकोमा ८ हजार ९६५ जना उत्तीर्ण भएका हुन् ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानेहरुको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
दोस्रो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले सोमबार राति सार्वजनिक गरेको छ ।

दोस्रो चरणको भाषा परीक्षा उत्तीर्ण गरेका ८ हजार ९ सय ६५ जनाको सिप परीक्षा हुन बाँकी रहेको छ ।

भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको सिप परीक्षणको सूचना केही दिनमै सार्वजनिक गरिने शाखाले जनाएको छ ।

हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।

सो शाखाका अनुसार यसअघि पहिलो चरणमा लिएको भाषा परीक्षा र सिप परीक्षाबाट ५ हजार ७ सय ५३ परीक्षार्थी उत्तीर्ण भइसकेका छन् । कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ ।