images

कांग्रेस उपसभापति खड्काकोे परिमार्जित नीति प्रस्तावमा के छ ? (पूर्णपाठ)

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्काले गत महासमितिको बैठकबाट प्राप्त सुझावहरूलाई समावेश गरेर नीति प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका छन् । बुधबारबाट सुरू बैठकमा उपसभापति खड्काले परिमार्जित प्रस्ताव पेस गरेका हुन्।

उनले कांग्रेस सम्मिलित एमाले अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारले सुशासनका सम्बन्धमा केही सकारात्मक कामहरू अघि बढाएको जिकिर गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘यो हाम्रा लागि सुखद र आशा लाग्दो संकेत हो तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नु पर्ने आवश्यकता छ । यसका प्रति नेपाली कांग्रेस आफ्नो प्रतिवद्धता दोहोर्याउँछ ।’

देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको स्थापना गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने जिकिर गरेका छन् ।

कांग्रेस सबै राजनीतिक दललाई सहकर्मी तथा राजनीतिक मित्र ठान्ने उल्लेख गर्दै भनेका छन्, ‘अनेक दल हुन्छन् र पो लोकतन्त्र हुन्छ, अनि प्रतिष्पर्धा हुन्छ । आफू मात्र भएको कल्पना त घोर निरंकुशता हो । नेपाली कांग्रेसको कुनै पनि दलप्रति विशेष आग्रहसहित मित्रवत् र कुनै दलप्रति दुष्मनीको साइनो छैन ।’

लोकतन्त्रको उदारता प्रयोग गरेर लोकतन्त्रकै गला रेट्न उद्यत दल तथा समूहप्रति भने कहिल्यै उदार हुन नसक्ने उल्लेख छ ।