images
images

देशको सार्वभौमिकता र स्वाधीनताको लागि म कुनै कानुन र अदालतलाई मान्नेवाला छैनः बालेन

काठमाडौं । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन साहले आफु देशको सार्वभौमिकता र स्वाधीनताको लागि कानुन नमान्ने बताएका छन् । हिन्दी सिनेमा चलाउन दिने उच्च अदालत पाटनको अन्तरिम आदेशका विरुद्ध उनले सामाजिक सञ्जाल फपेसबुकमा यस्तो लेखेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा– ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’ लेखेका छन् ।

उनले फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी दिएको अभिव्यक्तिले भारतीयहरुको नियती थाहा हुने भन्दै लेखेका छन्–‘ फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सके पछि उनिहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझीन्छ ।’
उनले आफुले लिएको निर्णयबाट एक कदमपनि पछि नहट्ने भन्दै – ‘यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन’ भनेर सामाजिक सञ्जालमा चेतावनी पूर्ण भाषामा लेखेका छन् ।

काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले हिन्दी सिनेमा चलाउन दिन अन्तरिम आदेश दिएको थियो ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।