काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य समान कायम राख्न निर्देशन दिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ । एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ ।
यी मूल्यभन्दा फरक पर्ने गरी होटलररेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई सचेत गराएको हो । एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।
पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको जानकारी आएको जनाएको छ ।


लाल्टिन खबर 





