images

पेरिस ओलम्पिक : अमेरिका ३० स्वर्णसहित शीर्ष स्थानमा कायमै, चीन दोस्रो स्थानमा

काठमाडौं-पेरिस ओलम्पिक २०२४ अन्तर्गत १३औं दिनको समाप्तीमा अमेरिका ३० स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।

अमेरिकाले हालसम्म ३० स्वर्ण ३८ रजत र ३५ कास्य सहित कुल १ सय ३ पदक जितेको छ । अमेरिकाले १२औं दिन थप तिन स्वर्ण जितेको थियो । शीर्षस्थानमा कडा टक्कर प्रस्तुत गरिरहेको चीनले २९ स्वर्ण जितेको छ । एसियाली देश चीनले २९ स्वर्ण २५ रजत र १९ कास्य सहित कुल ७३ पदक जितेको छ । तेस्रो स्थानमा यथावत अस्ट्रेलियाको नाममा १८ स्वर्ण १४ रजत र १३ कास्य सहित कुल ४५ पदक जितेको छ । उसले १२औं दिन कुर्न स्वर्ण जित्न सकेन ।

चौंथो स्थानमा रहेको आयोजक फ्रान्सले १४ स्वर्ण सहित कुल ५४ पटक हात पारेको छ । १३ स्वर्ण १७ रजत र २१ कास्य जितेको ग्रेट ब्रिटेन पाँचौं स्थानमा छ । दक्षिण कोरिया, जापान र नेदरल्यामन्ड्स क्रमशः छौंठौं सातौ र आठौं स्थानमा छन् । १० स्वर्ण सहित ३० पदक जितेको इटाली एक स्थान तल झर्दै नवौं स्थानमा पुगको छ । कुल २२ पदक जितेको जर्मनी १०औं स्थानमा छ । पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्य ५८ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ८५ देशले पदकको खाता खोलेका छन् । ३३औं संस्करणको ग्रीस्मकालिन ओलम्पिक अन्तर्गत आज थप ३४ स्वर्ण पदकका लागी प्रतिस्पर्धा हुने छ ।