काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पत्रकार सम्मेलन जारी छ । डेडिकेटेड र ट्रंक लाइन विवादबीच उनले राखेको प्रेसमिटमा पुगेका पत्रकारले अहिलेको जल्दोबल्दो विषय यही नै होला भन्ने सोचेका थिए । हिजोमात्र प्राधिकरणले लेखा समितिमा टीओडी डेटालगायतका विवरण बुझाएको सन्दर्भमा यो स्वाभाविक थियो ।
उनले आफू नियुक्त भएकै दिनलाई रोजेर हरेक वर्ष साउन २५ गते पत्रकारसँग भेटघाट गर्ने गरेको बताए । उनले आफूले गरेको कामको प्रगति सुनाउँदै भने, ‘कतिले प्राधिकरणको नाफा कागजी भने तर त्यो नाफा कागजी थिएन ।’
तीन वर्षअघि नियुक्ति हुँदा जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार्न आफू प्राधिकरण फर्किएको उनको भनाइ थिए । ८ वर्षअघि (आर्थिक वर्ष २०७२/७३) मा विद्युतीकरण ५८ प्रतिशतमात्र भएको, ३ वर्षअघि ८९ प्रतिशत रहेकोमा अहिले ९९ प्रतिशत पुगेको उनले सुनाए ।


लाल्टिन खबर 





