प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब : कुलमान घिसिङ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रपियाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताएको हो ।

उनले प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रुपियाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपियाँ पुगेको जानकारी दिए।