images
images

लिभिङ टुगेदरमा रहेको केटाले बिहे गर्न नमान्दा एक महिला माइतीघरको पोल चढेपछि…

काठमाडौं– माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।

जुम्ला घर भएकी सहारा शाहीले २ वर्षदेखि सँगै बसेको केटाले विवाह गर्न नमानेको भन्दै माइतीघरमा राष्ट्रिय झण्डा राखिएको पोलबाट हाम फाल्न खोजेकी हुन्।

उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ। उनी ३५ दिनदेखि माइतीघरमा आन्दोलनरत थिइन्। आफ्ना कुरा कसैले नसुनेको भन्दै उनले हामफाल्न पोल चढेकी हुन्।