काठमाडौं -महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छैठौं तलाबाट हामफालेका युवकको मृत्यु भएको छ।
शनिबार दिउँसो अस्पतालको छैठौं तलामा रहेको क्याफेको रेलिङबाट हामफालेका काठमाडौंकै गोकर्णेश्वर नगरपालिका-४ बस्ने २१ वर्षीय स्वरूप आचार्यको मृत्यु भएको हो।
दिउँसो अस्पताल पुगेपछि छैटौं तलामा रहेको क्याफेमा कफी खाएका र त्यसपछि रेलिङबाट हामफालेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। घटनापछि मृतकको आफन्त पनि अस्पताल पुगिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।